न्युज अफ नेपाल, रसुवा ।
कोरोना भाईरस (कोभिड–१९) जिल्लामा फैलिन नदिन सोमवार जिल्ला व्यवस्थापन समिति रसुवालाई चिनको जिलोङ काउन्टि प्रशासनले १५ प्रकारको सामग्री सहयोग गरेको छ।
विपद व्यवस्थापन समितिको अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार उक्त सामग्रीहरूमा डिस्पोजेवल मास्क १० हजार थान, ह्यान्ड स्यानिटाईजर ८० थान, ईन्फ्रारेड थर्मोमिटर १४, सर्जिकल ग्लोवस ८ सय, डिसईनफेक्टेन्ट लिक्युड(५ सय एमएल(६) वोतल,एन ९५, मास्क ४ सय, डिस्पोजेवल हेड कवर २ सय, आइ प्रोटेक्टेड गगल्स १ सय डिस्पोजेवल गन १ सय, व्यक्तिगत सुरक्षा सामग्रि ( पिपिई) एक सय सेट प्रदान गरेको छ।
स्किन अल्कोहल स्प्रे पिस, मेडिकल अल्कोहल ५ वोतल, मेडिकल अलकोहल ५ बोतल, साढे दुई लिटरको डिसईनफेक्टेन्ट लिक्युड१० वोतल,२५ केजिको डिसईनफेक्टेन्ट,लिक्युड २ झोला,स्प्रिट ४ बोटल,५ सय एमएलको बोतल ७५ एमएलको प्रदान गरेको छ।











प्रतिक्रिया