आगलागीमा परी २ जनाको मृत्यु


काठमाडौं ।

महोत्तरीकाे मनराशिश्वा नगरपालिका-४ जाउख बस्ने जुरी सहनीको छोरी १४ वर्षीया पुजा कुमारी सहनीको आगलागीमा जलेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा खाना बनाउने क्रममा ग्याँस लिक भई एक्कासी आगो शरीरमा सल्किन गई गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

चितवनकाे माडी नगरपालिका–७ करही खोला नजिकै रहेको सुकुम्बासी टोल बस्ने राज कुमार चेपाङकी छोरी ९ वर्षीया रजिना चेपाङको आगलागीमा परी आइतबार दिउँसो मृत्यु भएको छ । घर नजिकै बालेको आगो सल्किन गई घरमा आगलागी हुँदा घरभित्र सुतिरहेकी रजिना चेपाङको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।