विपद् व्यवस्थापन कोषबाटै कोरोना रोकथाम कार्यक्रम चलाइँदै

0
Shares

कास्की । 

कास्कीका स्थानीय तहले कोभिड–१९० को सम्भावित जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दा विपद् व्यवस्थापन कोषलाई उपयोगमा ल्याएका छन् । पोखरा महानगरपालिका तथा चार गाउँपालिका रहेको जिल्लामा स्थानीय सरकारले चालू वर्षमा विपद् व्यवस्थापन शीर्षकमा विनियोजित रकमबाट कोरोनाको रोकथाम कार्यक्रम गरेका हुन् । जिल्लामा पोखरा महानगरबाहेक अन्यले कोरोना लक्षित कुनै कोष खडा गरेका छैनन् ।

स्थानीय तहले कोरोना सङ्क्रमण फैलिनबाट रोक्नका लागि क्वारेन्टाइन निर्माण, स्वास्थ्य संस्थामा आवश्यक औषधि तथा उपकरण खरीद, विभिन्न सचेतना कार्यक्रम, पर्चा पम्प्लेट तथा माइकिङलाई मुख्य प्राथमिकता दिएका छन् । सङ्कट आइपरेपछि अहिले यसको रोकथाममा सोही कोष प्रभावकारी बनेको छ ।

सङ्क्रमण फैलिन गरिएका सबै कार्यक्रमको खर्च विपद् व्यवस्थापन कोषबाट गरिएको पालिकाले जनाएको छ । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले कोरोना रोक्नका लागि दुई अस्पतालमा १५० जना क्षमताको क्वारेन्टाइन स्थापना गरेको छ । त्यसैगरी सङ्क्रमण फैलिन नदिन नगर क्षेत्रमा कीटनाशक औषधि९डिसइन्फेक्सन स्प्रे० छर्किन शुरुआत गरेको छ ।

महानगरले बढी भीडभाड हुने स्थलमा किटनाशक औषधि छर्कने अभियान चलाइरहेको छ । महानगरले चालू वर्षमा विपद् व्यवस्थापन कोषमा रु दुई करोड बजेट विनियोजन गरेको थियो । कोषबाट यसअघि रु २५ लाख विभिन्न समयमा प्राकृतिक प्रकोपबाट पीडितलाई प्रदान गरिएको थियो ।

सोही कोषबाट कोरोना सङ्क्रमण न्यूनीकरण कार्यमा स्वास्थ्य महाशाखालाई रु ५० लाख प्रदान गरिएको महानगर प्रमुख मानबहादुर जिसीले बताउनुभयो । “कोरोनासम्बन्धी सम्पूर्ण कार्यक्रम सञ्चालन हुन्छन्, ती सबैको खर्च विपद् व्यवस्थापन कोषबाट हुन्छ”, प्रमुख जिसीले भन्नुभयो ।