लकडाउनमा विपन्नलाई खाद्यान्न

0
Shares

घनश्याम बगाले,नवलपरासी।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्वर ६ ले आफ्नो वडाका विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । वडाले यहाका १ सय ३८ विपन्न घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको वडाध्यक्ष हेमुप्रसाद पाण्डेले बताउनु भयो ।

परिवार संख्या हेरेर न्यूनतम प्रतिपरिवार चामल १० केजी, दाल २ केजी, नुन १ केजी, तेल १ लिटर, साबुन र प्रतिब्यक्ति माक्स समेत वडाले वितरण गरेको छ । यसरी नै चार जना भन्दा बढी सदस्य रहेको परिवारलाई १५ केजी चामल, ३ किलो दाल, तेल १ लिटर, नुन १ केजी र साबुन सहित माक्स समेत बाढेको छ ।

विश्व ब्यापी महामारी कोरोनाले देश लक डाउन भए संगै दैनिक मजदुरी गरि खाने विपन्न परिवारलाई वडाको निर्णय अनुसार खाद्यन्न वितरण गरिएको वडा सदस्य दूर्गा गैरेले बताउनु भयो ।