शिक्षक पोशाक भत्ता कोरोना राहत कोषलाई

0
Shares

विमल विष्ट,डोटी।

डोटीको जोरायल गाउँपालिका वडा नं ५ गड्सेराका स्थानीयबासी तथा शिक्षक तीर्थराज भण्डारीले आफुले पाउदै आउनु भएको सरकारी पोशाक भत्ता बापतको रु दस हजार रकम नेपाल सरकारले निर्माण गरेको कोरोना राहत कोषमा जम्मा गर्ने घोषणा गर्नु भएको छ ।

विश्वव्यापी रुपमा फैलिइ रहेको कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामका लागि सहज होस भन्ने उदेश्यले आफुले पाउदै आएको सरकारी कर्मचारी पोशाक भत्ता कोरोना राहत कोषमा जम्मा गर्ने घोषणा गरेको शिक्षक भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले पाउदै आएको सरकारी पोशाक बापतको रु दस हजार कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने घोषणा गरेको छु, रकम थोरै भएपनि केही राहत अवश्य हुने छ ।” शिक्षक भण्डारी हाल भक्तपुर जिल्लाको गणेश माध्यमिक विद्यालय सुर्यविनाकय नगरपालिका सिपाडोलमा अध्यापन गराउँदै आउनु भएको छ ।