कोरोना भाईरस आउन नदिन भन्दै मन्दिरमा बली

0
Shares

सरिता चलाउने ,सल्यान

बिश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ नोवेल कोरोना भाईस फैलन नदिनको लागी सल्यानमा मन्दिरमा बली चढाएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालीका वडा नम्बर ७ पाखापानीमा भाईस फैलिन नदिनको लागी स्थानीयले बली चढाईएका हुन ।

माईभगवतीले मात्रै कोरोना भाईरस रोक्न सक्ने भन्दै यहाँका स्थानीयले फुलपाती सँगै कुखुरा र बोकाको वली चढाएको स्थानीय मनोज परियारले जानकारी दिनुभएको छ ।
हिन्दुधर्मको विस्वास अनुसार कोरोना भाईस महामारीलाई जितेर बिजय प्राप्ती गर्ने भन्दै यहाँका करिब १ सय स्थानीयले संयुक्त रुपमा पुजा गरेर बली चढाएको उहाँले बताउनु भयो ।

यहाँको धार्मिक अनुसार कुनै पनि महामारी आउदा पहिले देखि नै पुजा गर्दै आएकाले यस पटक पनि गाउँका सबै मिलेर पुजा गरी बली चढाएको बताउनु भएकाको छ । उहाँका अनुसार पहिले पनि गाउँमा हैजा आउदा यसै गरी पुजा गएिकाले यस पटक पनि कोरोना भाईरस नआवस, मानवजातीलाई कालीका भगवती माताले रक्षा गरुन भन्दै भगवतीको नाममा बलि दिईएको हो ।

कालीका माता रक्षा गरिदेउ, कोरोना भाइरस आउन नदेउ भन्दै, हामीलाई रक्षा गर भन्दै स्थाानीयले एक वटा बोका, नरिवल, फुलपाती चढाएर धुप बत्तिले स्थानीयले पुजा गरेका हुन ।