रसुवामा तीन दिनको अवधिमा २८ जना पर्यटकको उद्धार

0
Shares

सरस्वती न्यौपाने,रसुवा ।

जिल्लांको विभिन्न भागहरूमा घुम्न आएका विदेशी पर्यटकको तीन दिनको अवधिमा २८ पर्यटकको उद्धार गरिएको छ। नेपालमा लकडाउन भएपछि समस्यामा रहेका चिनियाँ १९, जर्मन ७, अमेरिकाका एक,वेलायत एक, अष्ट्रेलियाका एक गरि २९ जनालाई स्याफ्रु,बृदविम,थुमन,चिलिमे,लाङटाङ लगायतका ठाउँहरूवाट उद्धार गरिएको हो ।

विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार हाल सम्म ४७ जना विदेशी पर्यटकको अद्यावधिक भएको छ। पर्यटकीय क्षेत्रहरूमा अलपत्र परेकाहरूलाई उद्धार गर्ने काम जारी नै रहन्छ । नौ जनालाई काठमाडौं पठाईसकिएको छ ।