ललितपुर महानगरपालिकाले छर्कियो किटनासक औषधि

0
Shares

ललितपुर ।

ललितपुर महानगरपालिकाले महानगरका वडाहरुमा किटनासक औषधि छर्कन सुरु गरेको छ । कोरोनाभाइरसको संक्रमण फैलनसक्ने जोखिमलाई न्यूनिकरण गर्न महानगरले शनिवारबार किटनासक औषधि छर्कन सुरु गरेको हो । कुपुण्डोल, पुल्चोक, जावलाखेल, महालक्ष्मीस्थान, लगनखेल सातदोबाटो,ग्वार्खोलगायतका क्षेत्रमाशनिवार किटनासक औषधि छर्किएको ललितपुर महानगरपालिकाजिन्सीशाखाकाप्रमुख सागर थापाले बताए ।

ललितपुर महानगरपालिकाको २३,२४, २७, २९ लगायतका वडामा आइतबार उक्तऔषधि छर्किएको जिन्सीप्रमुखथापाले जानकारी दिए ।जिन्सीशाखाकाप्रमुखथापाले सबै वडामा औषधि छर्किने बताए ।

वडा नं २७काअध्यक्षबाबुराजमहर्जनले आइतबार बिहान किटनासक औषधि छर्किएको बताए । उनले भने, ‘भित्री सडकहरुमा तयारी गरेर छर्कन्छौ । ’वडा नं २४काअध्यक्षतथा सामाजिकविकास समितिका संयोजकदिनेश कार्कीले आफ्नो वडामा आइतबार औषधि छर्किएको बताए । उनकाअनुसार चोक ,गल्ली र मुलबाटोमाऔषधि छर्किएको छ ।

वडा नं १८काअध्यक्ष पुरुषोत्तम खड्काले औषधिसहितत्यसकालागिआवश्यक सामग्रीप्राप्तभएको जानकारी दिए । उनले भने, ‘आवश्यकव्यवस्थामिलाएर छर्किन्छौं ।’ उनकाअनुसार सोमबार बिहानैबाट औषधि छर्कन सुरु गरिनेछ ।

वडा नं २९माआइतबार औषधि छर्किएको छ । वडा नं २९काअध्यक्ष गणेश महर्जनले २९ वडाको मुख्य बाटो र भित्री बाटोहरुमाऔषधि छिर्किएको बताए ।

चियापसलबन्दगर्न माइकिङ

ललितपुर महानगरपालिका वडा नं २४ले वडावासीहरुलाई घर बाहिर ननिस्कनआव्हानगर्दै स्वयसेवकमार्फत माइकिङ गरेको छ । साथै वडाभित्रका चियापसललगायतमानिसहरु भेलाहुने अन्यपसलहरु बन्दगर्न आव्हान गरेको छ ।

वडा नं २४ काअध्यक्षदिनेश कार्कीले चियापसलमा मान्छे जम्माहुने भएकातीपसलबन्दगर्नकालागिमाइकिङ गरेर अनुरोध गरेको बताए । उनले भने, ‘यो भाइरसको संक्रमण फैलननदिनजनताको, वडावासीको सहयोग अपरिहार्य हुन्छ ।’ उनले अत्यावश्यककामबाहेक अन्यमा घरबाट बाहिर ननिस्कन समेत अनुरोध गरे ।

प्रत्येक दिनबिहानवडामा खुलेकाचियापसलबन्दगर्न अनुरोध गर्दै हिडेको बताए । त्यसैगरी विदेशबाट वडामा आएका छरछिमेककाबारे समेत जानकारी दिन वडावासीलाई आव्हान गरेको वडा अध्यक्षकार्कीले जानकारी दिए ।

मास्कवितरण

नेपालमाकोरोना संक्रमण देखिनु अघि नै मास्क र स्यानिटाइजर उत्पादन गरेको ललितपुर महानगरपालिकाले उत्पादितमास्क र स्यानिटाइजर वडामा पठाएको छ ।
नगरप्रमुखचिरीबाबु महर्जनकानिजी सचिव राजु महर्जनकाअनुसार तयार भएको मास्क वडामा पठाइएको हो ।

त्यसैगरी थपमास्कउत्पादनकालागिआवश्यककच्चापदार्थ समेत वडामा पठाइएको जानकारी उनले दिए । स्यानिटाइजर उत्पादनगर्न आवश्यक पर्ने कच्चापदार्थको बजारमाअभावभएकाअत्यन्तै कम परिमाणमा स्यानिटाइजर उत्पादनभएको स्पष्ट पारे ।

वडा नं २७काअध्यक्षबाबुराजमहर्जनले महानगरबाट प्राप्तभएको मास्क घर घरमावितरण गरेको जानकारी दिए । थोरै परिमाणमा प्राप्तभएको स्यानिटाइजर खुद्रापसलमा राखिदिएकाउनले बताए ।