अष्ट्रेलियामाा ४ जना नेपाली विद्यार्थीलाई पनि कोरोना संक्रमण

0
Shares

अस्ट्रेलिया ।

अध्ययनका क्रममा अस्ट्रेलियाको सिड्‌नीमा रहेका ४ नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमित सबै जना युवती रहेका क्यानबेरास्थित नेपाली दूतावासले जनाएको छ ।

संक्रमित चारै जना अहिले सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । संक्रमित चार जना विद्यार्थीमध्ये सबै एउटै कोठामा बस्दै आएका थिए । उनीहरुमध्ये केही दिन अघि एक जनामा संक्रमण देखिएको थियो ।

आफ्नो साथीलाई पोजिटिभ देखिएपछि अन्यले जाँच गर्दा ४ जनामध्ये ३ मा संक्रमण देखिएको हो। विद्यार्थीलाई सहयोग पुर्‍याइरहेको एनआरएन अस्ट्रेलियाका पदाधिकारीले उनीहरुको स्वास्थ्य सामान्य रहेको बताए।

त्यसैगरी सोही क्षेत्रमा बस्ने अर्की एक नेपाली विद्यार्थीमा समेत केही  पनि केही भाइरसको संक्रमण देखिएको र उनको स्वास्थ्यसमेत सामान्य रहेको दूतावासले जनाएको छ। यी दुई संक्रमणका घटना एकआपसमा सम्बन्धित नभएको समेत दूतावासको भनाइ छ।