झापामा दुई आइसोलेसनमा ,६४५ जना क्वारेनटाइनमा

0
Shares

उत्तम नेपाल,भद्रपुर।

भद्रपुर नगरपालिका ३ साबिक महेशपुर बस्ने एक परिवारका सबै सदस्यमा ज्वरो र रुघाखोकी देखा परेपछि दुई जनालाई मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसनमा र पाँच जनालाई कलवलगुरी प्रशिक्षण केन्द्रको अस्थायी क्वारेन्टाइनमा राखेर उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. पीताम्बर ठाकुरले जानकारी दिनुभयो ।

परिवारका एक सदस्य कतारबाट फर्किएको डेढ महिनापश्चात् उनीहरूको स्वास्थ्य अवस्था देखा परेको उहाँले बताउँनुभयो । जिल्लामा हरेक दिन आइसोलेसन, क्वारेनटाइन र सेल्फ क्वारेनटाइनमा राख्ने सङख््या बढी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाँईले बताउँनुभयो ।

मेची अस्पतालमा दुई जना आइसोलेसनमा उपचार भइरहेको र अस्थायी क्वारेन्टाइनमा ८१ जना र सेल्फ क्वारेन्टाइनमा ५सय ६३ जना रहेको उहाँले बताउँनुभयो । अस्थायी क्वारेन्टाइनतर्फ मेचीनगरमा ३४ जना, झापा गाउँपालिकामा १३ जना, कनकाई र भद्रपुरमा ७/७ जना, अर्जुनधारामा ६ जना, दमकमा ४ जना, शिवसताक्षी र बाह्दशीमा ३/३ जना, बिर्तामोड र हल्दीबारीमा १/१ जनाको उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै सेल्फ तथा होम क्वारेनटाइनतर्फ मेचीनगरमा १८६, अर्जुनधारामा ७०, बुद्धशान्तिमा ६४ , हल्दीबारीमा ३९ , झापा गाउँपालिकामा ३३ , दमकमा ३० , भद्रपुरमा २७ , बिर्तामोडमा २३, कमलमा १७ , बाह्दशीमा १५ , गौरदाह र कचनकवलमा १४/ १४ , कनकाईमा १३ , शिवसताक्षी र गौरीगञ्जमा ९/९ जना रहेको उहाँले बताउँनुभयो ।

जिल्लाको तथ्याङ्क अनुसार १५ वटै स्थानीय तहमा ३६१ बेड क्षमताको अस्थायी क्वारेनटाइन रहेको छ । उपचार कोष स्थापनासँगै थप एक सय बेडको क्वारेनटाइन बनाउने निर्णय भइसकेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।