सशस्त्र प्रहरीको गोलो घेरामा सर्वसधारण

0
Shares

न्युज अफ नेपाल, काठमाण्डौ ।

महामारीको रुप लिदै गरेको कोरोना भाइरस कोभिड १९ लाई रोकथाम गर्न गृहमन्त्रालयले देशभर लकडाउन गरेको अवस्था रहेको छ ।

बारा जिल्लामा पनि चैत्र ११ गते देखि १८ गने सम्म लकडाउन गरिएको छ । सर्वसधारणलाई मास्क साबुन, सेनिटाईजर वितरण गरि जनचेतना जगाउने काम सशस्त्र प्रहरीले गर्दै आएको छ ।

स्वास्थ्यकर्मीको सल्लाह अनुसार कोभिड १९ बाट बच्न दुरी कायम गर्न भनिएकोले सर्वसारणको दैनिक उपभोग्य वस्तु खरिद गर्नको लागि गोलो प्रणाली अपनाएको सशस्त्र प्रहरी उपरिक्षक दिगविजय सुवेदीले जानकारी गराए ।

जिल्लाको कोल्भी नगरपालिका,सिम्रौनगढ, महागढिमाई, कलैया उपमहानगरपालिका लगायतका ठाँउहरुमा गोलो प्रणाली लगाएको उनले बताए । बाकी स्थानीय तहमा पनि समन्वय गरि गोलो प्रणाली बनाउने काम भईरहेको समेत जानकारी गराए ।

किराना पसल, तरकारी बजार, औषधी पसल, कपडा पसल लगायतको किनमेल गर्ने ठाउहरुमा सशस्त्र प्रहरीको कमाण्डमा खटेका जवान लगायतकाले चुनाले कम्तीमा एक फिटको दुरी कायम गर्ने गरि गोलो बनाई किनमेल गर्ने वतावरण बनाएका हुन ।
सर्वप्रथम जिल्लामा सशस्त्र प्रहरीले नै नाका लगायतका ठाउमा हेल्प डेस्क संचालन गरेको, मास्क, सेनिटाईजर, साबुन लगायत समाग्री वितरण गरेको थियो । यस्तो विपदको अवस्थामा पनि जिल्लाको विभिन्न ठाउमा जनचेतना जगाउने काम सशस्त्र प्रहरीले गरिरहेका छन ।