लकडाउन अवधिभर एनआईसी एशियाको सहायता केन्द्र


यमलाल भुसाल, बुटवल ।

एनआइशी एसिया बैंक लिमिटेडले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याएको छ । टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने र संबोधन गर्ने गरी ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याइएको बैंकका प्रदेश कार्यालय प्रमुख तिलकसुन्दर कार्कीले बताउनु भयो ।

 

कोरोना भाइरसको जोखिमका कारण सरकारले मुलुकभरी नै लकडाउन घरेपछि ग्राहकले घरभित्रैबाट आफ्ना गुनासो राख्न सकुन् भनेर ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याइएको उहाँले बताउनु भयो ।

 

बैंकले प्रदेश कार्यालयका साथै प्रदेश ५ का ६ स्थानमा ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

 

ग्राहक सेवा केन्द्र अन्तर्गत प्रदेश कार्यालयमा बैंकका प्रदेश प्रमुख तिलकसुन्दर कार्कीका साथै महेश घिमिरे र प्रकाश पन्थीलाई सम्पर्क व्यक्ति तोकिएको छ । त्यस्तै भैरहवा एसपिओ कार्यालयका लागि राजनप्रसाद पोखरेल, सुरज पौडेल र वसन्त भण्डारीलाई सम्पर्क व्यक्ति तोकिएको छ भने बुटवल एसपिओका लागि दिपक आचार्य, सञ्जीव खड्का र तिलक खनाललाई सम्पर्क व्यक्ति तोकिएको छ ।

 

ग्राहक सहायता केन्द्र अन्तर्गत नेपालगन्ज एसपिओ कार्यालयका लागि माधव बेलबासे, अशोक तिमिल्सेना र राकेश केसीलाई जिम्मेवारी दिइएको छ भने बुटवल देवीनगर एसपिओका लागि रामकृष्ण काफ्ले, विनोद पोखरेल र अर्जुन तिमिल्सेनालाई जिम्मेवारी दिइएको छ । त्यस्तै घोराही दाङ एसपिओका लागि दिपक अर्याल, विजय रक्साली, राजेन्द्र सिंह र सुरज श्रेष्ठलाई सम्पर्क व्यक्ति तोकिएको बैंकका प्रदेश कार्यालय प्रमुख कार्कीले बताउनु भयो ।

 

लकडाउनको समयमा ग्राहकलाई पैसाको आवश्यक परेमा प्रदेश ५ अन्तर्गत खुला रहेका ६७ वटा एटीएमबाट सेवा लिनसक्ने गरी खुला गरिएको उहाँले जानकारी दिनु भयो । एनआईशी एशियाका बुटवलमा १४, भैरहवामा ५ र तिलोत्तमामा ८ वटा एटीएम रहेका छन् ।

 

लकडाउनका अवधिमा पनि ग्राहकहरु बैंकिङ सेवाबाट बञ्चित हुन नपरोस् भनेर बुटवल, तुलसीपुर, नेपालगन्ज, लिवाङ र रुकुमकोट शाखा खुला गरिएको बैंकका प्रदेश प्रमुख कार्कीले बताउनु भयो ।

 

कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर गरी सबै शाखाहरु सञ्चालनमा नल्याएको बैंकले जनाएको छ । राष्ट्र बैंकले डिजिटल भुक्तानीको सीमा बढाउनुका साथै परिपत्र मार्फत मोबाइल वालेटको माध्यमबाट गरिने बैंकिङ कारोबारको सीमा बढाएकाले ग्राहकहरुले डिजिटल बैंकिङबाट कारोबार गर्न सक्ने पनि कार्कीले बताए ।

 

मोवाइल बैंकिङबाट दैनिक १ लाख र प्रतिमहिना १० लाख रुपैयाँ कारोबार गर्न मिल्ने बनाइएकाले ग्राहकले यसको उपयोग गर्न सक्ने पनि उहाँले बताउनु भयो ।