रसुवाका पाँच गाउँपालिकामा क्वारेन्टाइन स्थापना

0
Shares

सरस्वती न्यौपाने, रसुवा ।

विश्वव्यापि रूपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को शङ्कास्पद विरामीको निगरानी तथा उपचारको व्यवस्थापनका लागि जिल्लाका पाँच वटा गाउँपालिकाहरूमा क्वारेन्टाइन स्थापना गरिएको छ।

विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार गोसाईकुन्ड गाउँपालिकाको धुन्चेमा रहेको कृषि ज्ञान केन्द्र र पशुसेवा केन्द्र मा ५० शैयाको कोमिन श्यामेवाङफेल माविमा १५ शैया,रसुवागढि क्षेत्रमा ३०, साविकको महिला विकास कार्यालयको भवनमा स्थापना गरिएको छ ।

कालिका गाउँपालिकाको कालिका हिमालयन माविमा ५० शैया,निलकण्ठ नमुना मावि जिवजिवेमा १५ वेडको आईसोलेसन कक्ष स्थापना गरिएको छ। उत्तरगया गाउँपालिकको डाडाा गाउँ माविमा १५ शैया र निलकण्ठ मावि वोगटिटारमा २० शैयाको स्थापना गरिएको छ।

आमाछोदिङमो गाउँपालिकाको चिलिमे मा १५ शैया,नौकुन्ड गाउँपालिकाको पारच्याङमा १५ शैयाको क्वारेन्टाइन स्थापना भईसकेको छ।जिल्लाको विभिन्न स्थानहरू धुन्चे,रसुवागढि,वेत्रावति,कालिकास्थान,स्याफ्रुवेसि,सरमथलि,पारच्याङ,आपचौर,नागार्जुन र लुम्वुमा हेल्प तथा हेल्थ डेस्क सन्चालनमा ल्याईएको पाँचै गाउँपालिकाको कार्यालयहरूले जनाएका छन्।

जिल्ला प्रशासन कार्यालय रसुवाले विहान सात देखि नौ वेलुका चार देखि ६ वजे सम्म खुद्रा पसल,औषधि पसल, तरकारी पसल,लगाएतका पसलहरू खुला गर्न दिएको छ।