भैरहवामा एम्बुलेन्स तयारी अवस्थामा

0
Shares

भैरहवा ।

संयुक्त एम्बुलेन्स चालक सङ्घ शाखा कार्यालय भैरहवाले लकडाउनका बेला समस्या परेका बिरामीको सेवाका लागि एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।

सङ्घको ट्रेड युनियन शाखा भैरहवामा आबद्ध ११ चालकलाई आवश्यक पर्दा २४ सै घण्टा बिरामीको सेवा दिनका लागि तयारी अवस्थामा राखिएको ट्रेड युनियन शाखा भैरहवाका सचिव श्याम मुराउले जानकारी दिनुभयो ।

सचिव मुराउका अनुसार विश्वमा कोरोनाको सङ्कट परिरहेका बेला देशलाई सहयोग पु¥याउने उद्देश्यले आफूहरु संस्थागत रुपमा अगाडि बढेको बताउनुभयो ।