चितवनको कोरोना विशेष अस्पतालमा ज्यान गुमाउने युवाको रिर्पोट यस्तो


काठमाडौँ ।

 

चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा मंगलबार बिहान ज्यान गुमाउने युवाको रिर्पोट आएको छ। वीरगन्जका ३० वर्षीय सन्तोष यादवको कोरोना भाइरसको संक्रमणबाट र्मत्यु नभएको पुष्टी भएको हो।

 

मृतक यादवको रिपोर्टमा कोरोना भाइरसको संक्रमण नदेखिएको अस्पतालका प्रमुख तथा प्रवक्ता डाक्टर भोजराज अधिकारीले जानकारी दिनुभयो। ‘मृतक यादवको रिपोर्ट आएको छ, रिपोर्टमा कोरोना नेगेटिभ देखियो, यहाँबाट स्याम्पल लिइएका अन्य तीन जनाको पनि रिर्पोट नेगेटिभ देखिएको छ’ प्रवक्ता डा. अधिकारीले भन्नुभयाे ।  कोरोनाको आशंकामा सोही अस्पतालमा राखिएको यादवको शव अब परिवारलाई बुझाउने तयारी रहेको अस्पतालले जनाएको छ।

 

मिर्गौला र लुपस भन्ने रोगबाट पीडित उनमा ज्वरो र निमोनियाको लक्षण देखिएपछि भरतपुर मेडिकल कलेजमा चैत ९ गते भर्ना भएकोमा सोमबार कोरोनाको आशंकामा कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो। अस्पतालले सोमबार नै कोरोनाको टेस्टका लागि प्रयोगशालामा नमुना पठाएको थियो। तर रिपोर्ट आउनुअघि नै उनको मृत्यु भएको थियो।