अत्यावश्यक वस्तुको पसल र सेवा नियमित सञ्चालन हुने


न्युज अफ नेपाल, काठमाडौँ ।

लकडाउनको पहिलो दिन कतिपय आवश्यक खाद्यवस्तु बिक्री गर्ने पसलहरु बन्द देखिएपछि गृह मन्त्रालयले निर्वाध रुपमा संचालन गर्न आग्रह गरेको छ।

 

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसंचार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायत कारोबार गर्ने पसलहरु सदाझैं निर्वाध रुपमा सञ्चालन गर्न अनुरोध गरेको छ।

 

सहप्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘पहिलो दिन भएकाले आवश्यक वस्तु र सेवा संचालन गर्ने निकायहरु फाट्टफुट्ट बन्द भएका पनि देखिएका छन्।’

 

नेपाल–भारत सीमामा अलपत्र परेकालाई प्रवेश दिइएको गृहले जनाएको छ। विज्ञप्तिमा लकडाउनको व्यवस्थालाई कार्यान्वयन गर्न आम नागरिकलाई आग्रह गरिएको छ।

 

विज्ञप्तिः