भगवतीले जितिन कोरोनालाई, अर्को नेपाली महिला फेरी अस्पताल भर्ना


लण्डन ।

क्याट यूकेकी पूर्व उपाध्यक्ष तथा सामाजिक अभियन्ता भगवती रानाभाट पूर्ण स्वास्थ लाभ गरी घर फर्केकी छिन । तिन हप्ता अघि उनलाई अस्पताल भर्ना गरिएको थियो । कोभिड १९ अर्थात् कोरोना पोजेटिभ देखिएपछि उनलाई लण्डनको एक अस्पतालमा उपचारार्थ राखिएको थियो ।

करिव ३ हप्ताको अस्पताल बसाईपछि उनले कोरोना ( कोभिड १९) लाई जितेकी हुन । एनआरएनए यूकेको महिला विभागले मनाएको महिला दिवश नै उनको अन्तिम सार्वजनिक उपस्थिति थियो ।

कार्यक्रम सकिएको भोलिपल्टबाट उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । नेपाली समुदायमा पनि यसको असर देखापर्न थालेको छ । भगवतीले कोरोनालाई जितेको खुशी हुन नपाउँदै फेरि अर्की नेपाली महिलामा कोभिड १९ देखा परेको छ ।