लकडाउनको अवधिमा कुनै समस्या आए यी नम्बरमा फोन गर्नुहोस्


काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका  लागि सरकारले चालेको कदममा साथ दिन सबै महानगरवासीलाई आग्रह गरेको छ।  कामपाका प्रमुख  विद्यासुन्दर शाक्यले आज अपिल जारी गरी महामारी नियन्त्रणका लागि सरकारले चालेको कदम स्वागतयोग्य छ भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर नआउन अनुरोध गर्नुभएको हो।

महामारी रोकथाम र निर्मूल गर्न सरकारले २०७६ चैत ११ गते बिहान ६ बजेदेखि  १८ गते बिहान ६ बजेसम्मका लागि लागु हुने गरी दिएको निर्देशनको स्वागत गर्दै प्रमुख शाक्यले अपिलमार्फत नगरवासीलाई सुरक्षित र संयमतापूर्वक आआफ्नै घरमा बसेर महामारीविरुद्धको अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।

कोरोना सङ्क्रमणको आशङ्का भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि कामपाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई जनशक्ति र स्वास्थ्य सामग्रीसहित तयारी अवस्थामा राखिएको जनाइएको छ ।  नागरिकलाई सहयोग गर्न कामपाको टोल फ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ ।

कोरोना सङ्क्रमणको आशङ्का भएमा कामपाको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिने व्यवस्थासमेत मिलाइएको छ ।  लकडाउन अवधिमा कुनै पनि नगरवासीले केही समस्या आइपरे सहयोगका लागि आफ्ना जनप्रतिनिधिलाई सीधा सम्पर्क गर्न सक्ने जनाइएको छ ।

यसका लागि महानगरका प्रमुख, उपप्रमुख तथा सबै जनप्रतिनिधिको  फोन नम्बर खुला राखिएको छः

प्रमुख विद्यासुन्दर शाक्य – ९८५१२७९९००,

उपप्रमुख हरिप्रभा खड्गी – ९८५१२७९८९९,

वडाध्यक्ष :

१) भरतलाल श्रेष्ठ – ९८५१२७९९०१,

२) राजेन्द्रकुमार श्रेष्ठ ९८५१२७९९०२

३) दीपक केसी – ९८५१२७९९०३,

४) मोहन विष्ट – ९८५१२७९९०४

५) रमेश डङ्गोल – ९८५१२७९९०५

६) दीपेन्द्र लामा – ९८५१२७९९०६,

७) शुद्ध डङ्गोल – ९८५१२७९९०७

८) दिनेशकुमार डङ्गोल – ९८५१२७९९०८,

९) रामकृष्णजयखु श्रेष्ठ – ९८५१२७९९०९

१०) रामकुमार केसी. – ९८५१२७९९१०,

११) हीरालाल तण्डुकार – ९८५१२७९९११

१२) विकास डङ्गोल – ९८५१२७९९१२,

१३) ध्रुवनारायण मानन्धर – ९८५१२७९९१३

१४) शोभा सापकोटा – ९८५१२७९९१४,

१५) ईश्वरमान डङ्गोल – ९८५१२७९९१५

१६) मुकुन्द रिजाल – ९८५१२७९९१६,

१७) नवीन मानन्धर – ९८५१२७९९१७

१८) न्हुछेकाजी महर्जन – ९८५१२७९९१८,

१९) शशिलाल श्रेष्ठ – ९८५१२७९९१९,

२०) राजेन्द्र मानन्धर – ९८५१२७९९२०,

२१) उदयचूडामणि बज्राचार्य – ९८५१२७९९२१

२२) चिनीकाजी महर्जन – ९८५१२७९९२२,

२३) मचाराजा महर्जन – ९८५१२७९९२३

२४) बालकृष्ण श्रेष्ठ – ९८५१२७९९२४,

२५) नीलकाजी शाक्य – ९८५१२७९९२५

२६) ख्यामराज तिवारी – ९८५१२७९९२६,

२७) चिनियाँमान बज्राचार्य – ९८५१२७९९२७

२८) भाइराम खड्गी – ९८५१२७९९२८,

२९) कुश ढकाल – ९८५१२७९९२९,

३०)दलबहादुर कार्की – ९८५१२७९९३०

३१) नारायणप्रसाद भण्डारी – ९८५१२७९९३१ र

३२) नवराज पराजुली – ९८५१२७९९३२