एनसेलद्वारा कोरोना नियन्त्रण कोषमा १० करोड रुपैयाँ सहयोग


काठमाडौँ ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेलले १० करोड रुपैयाँ सहयोग गरेको छ।  उक्त सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुने कम्पनीले जनाएको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो। ‘सरकारको यो प्रयासमा एनसेल जस्तो निजी क्षेत्रको ठूलो सेवा प्रदायकले गरेको योगदान सराहनीय छ’ सचिव बिडारीले सहयोग लिँदै भन्नुभयो।

‘कोभिड–१९ रोकथामका लागि स्वाथ्यकर्मीहरूलाई चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरूको खरिदमा सरकारलाई यो रकमले सहयोग हुने एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्गले बताउनु भयो।