कोरोना भाइरस रोक्न एनआरएनद्वारा नेपाल सरकारलाई १करोड सहयोग


दिपेन्द्र गजुरेल,स्पेन ।

गैरआवासी नेपाली संघद्वारा कोरोना भाइरस प्रकोपमा नेपाल सरकारलाई एक करोड सहयोग गर्ने संघका अध्यक्ष कुमार पन्तले बताए ।

कोरोना भाइरको महामारीसँग लड्नको लागि संघले आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । गैरआवासीय नेपाली संघको आइतबार बसेको ७२ औं बैठकले प्रधानमन्त्री राहत कोष मार्फत १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

संघले कोरोना संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति र त्यसमातहत संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा राहतकोष संकलन उपसमिति र उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति समेत गठन गरेको अध्यक्ष पन्तले बताए ।

संघले विश्वभर छरिएका आफ्ना शाखाहरू मार्फत कोरोना संक्रमित नेपालीको तथ्यांक समेत संकलनको तयारी गरेको पन्तको भनाई छ ।