काठमाडौं, (नेस)
सरकारले सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकलाई कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा खटाउने तयारी गरेको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्तिमा विशेषज्ञता हासिल गरेका र एमबीबीएस अध्ययन गरी स्वास्थ्य संस्थामा खटिएका चिकित्सकलाई अन्य सेवा प्रभावित नहुने गरी खटाउने निर्णय गरेको हो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चिकित्सक खटाउने विषयमा निर्णय गरी सम्बन्धित सातवटै प्रदेशका मुख्यमन्त्री र मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार भइसकेको जानकारी गराउनुभयो।
निर्णयअनुसार सबै प्रदेशले तुरुन्तै व्यवस्था मिलाउने जनाउँदै स्वास्थ्य मन्त्रालयले ती डाक्टरलाई खटाएको निकायमा न्यूनतम सेवा प्रवाह नरोकिने गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा आवश्यकतानुसार परिचालन गर्न पत्राचार भएको उल्लेख गरेको छ।











प्रतिक्रिया