शीर्ष नेतामा स्वास्थ्य चिन्ता

नेपाल समाचारपत्र, काठमाडौं

विश्वव्यापीरूपमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिएसँगै नेपालमा यसको संक्रमण नदेखिए पनि राजनीतिक नेताहरू आ–आफ्नो स्वास्थ्यप्रति विशेष चनाखो बनेका छन्।

आकस्मिकबाहेक भेटघाटको काम पूर्णरूपमा स्थगित गरेर शीर्ष नेताहरू रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्यमा जुट्नुभएको छ।

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका शीर्ष नेताहरू निवासमै बस्ने, व्यायाम गर्ने र रोगप्रतिरोधात्मक भोजन सेवन गर्ने अभ्यासमा रहेको सचिवालयले बताएको छ।

अध्यक्ष प्रचण्ड रोगसंँग लड्नसक्ने क्षमता बढाउन घरभित्रै साइकल चलाउन थाल्नुभएको छ। प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार उहांँले हरेक दिन दुईदेखि तीन घण्टा साइकल चलाउन थाल्नुभएको छ।

प्रचण्डको सचिवालयले बिहीबारबाटै अत्यावश्यक कामबाहेकका सबै भेटघाट बन्द गर्नुभएको उहाँको प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो। उहाँले भन्नुभयो– ‘अध्यक्ष अध्ययनमा जुट्नुभएको छ, इतिहास, राजनीति, दर्शन, साहित्यका विषयमा अध्ययन गरिहनुभएको छ।’ उहाँका अनुसार शीर्ष तहमा गर्नुपर्ने अत्यावश्यक भेटघाटबाहेक कुनै पनि भेटघाट प्रचण्डले गर्नुहुनेछैन।

सचिवालयका सदस्यसमेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा भने कोरोना रोकथाम र नियन्त्रणको अभियानमा जुट्नुभएको छ। तर, उहाँहरूले पनि सर्वजनिक भेटघाटलाई भने बन्द गरेको घोषणा गर्नुभएको छ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनाल सम्पूर्ण भेटघाट बन्द गरेर निवासमै रहनुभएको छ। वरिष्ठ नेता खनालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘भेटघाट सबै बन्द गरेर अध्ययनमा जुटेको छु, यस बीचमा केही पुस्तकसमेत लेख्दै छु।’ उहाँले कोरोना भाइरसको बारेमा गलत र भ्रामक समाचार फैलाउनेमाथि कडा कारबाही गर्न सरकारलाई आग्रह गर्नुभएको छ।

सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, सभा, सम्मेलन, भोजभतेर नगर्न र २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ।

वरिष्ठ नेता माधवकुमार नेपालले पनि अत्यावश्यक बाहेकका सम्पूर्ण भेटघाट बन्द गर्नुभएको छ।

शनिबार काठमाडौंका सांसदहरूबीच कोरोना भाइरस संक्रमण रोक्ने विषयमा भएको छलफलमा भने उहाँ सहभागी हुनुभएको थियो। नेपालका स्वकीय सचिव मोहन गौतमले अत्यावश्यकबाहेक भेटघाट बन्द गर्नुभएको जानकारी दिनुभयो।
यसैगरी उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल पनि निवासमै बस्नुभएको छ। नेकपाको नौ सदस्यीय सचिवालयका अध्यक्ष एवं प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली केही समयअघि मात्रै मिर्गौला प्रत्यारोपण गरेर बालुवाटारमा चिकित्सकको निगरानीमा रहनुभएको छ।