तनहुँमा बस पल्टिँदा एकको मृत्यु, १७ घाइते


न्युज अफ नेपाल, तनहुँ ।

तनहुँमा बस पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएमा छन् । तनहुँको ब्यास नगरपालिका–१२ घाँसीकुवामा आइतबार बिहान करिब ४ बजे मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको ग१ख ९४०० नम्बरको बस पल्टिएको हो ।

तनँहुको शुक्लागण्डकी नगरपालिका २ की २५ वर्षीया शर्मिला ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १७ जनामध्ये एक जनालाई उपचारको लागि बीएण्डबी अस्पताल ललितपुर पठाइएको छ । अन्य दुई जनालाई मणिपाल अस्पताल पोखरा पठाईएको छ भने १२ जनाको रत्नहरी अस्पताल दमौलीमा उपचार भइरहेको छ । सामान्य घाइते दुई जना उपचार पश्चात घर फर्केका छन् ।

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।