न्युज अफ नेपाल, भद्रपुर ।
झापा कारागार प्रशासनले कारागारभित्र रहेका कैदबन्दीलाई चाहिने कुनै पनि वस्तु क्वारेन्टाइनमा नाराखी प्रवेश गर्न दिएको छैन । कैदीका आफन्तले ल्याएको नगद पैसासमेत बाहिर बनाइएको क्वारेन्टाइनमा पाँच दिनसम्म राख्नुपर्ने व्यवस्था मिलाइएको छ ।
क्वारेन्टाइनमा पाँच दिनसम्म राखेपछि मात्र कैदीले आफ्नो पैसा पाउने व्यवस्था गरिएको झापा कारागारका जेलर राजेन्द्र निरौलाले जानकारी दिनुभयो ।
आफन्त र बाहिरबाट आएको कुनै पनि खानेकुरा, आवश्यक सामग्री कारागारभित्र लान नदिएका उहाँको भनाइ छ । कारागारमा पुर्पक्षका लागि आउने नयाँ कैदीबन्दीलाई छुट्टै स्वास्थ्य परीक्षण गरेर मात्र भित्र प्रवेश गर्न दिएको उहाँले जनाउँनुभयो ।
उच्च ज्वरो र रुघाखोकी लाग्ने कैदीलाई उपचारका लागि अस्पताल पठाइरहेको उहाँको भनाइ छ । सामान्य विरामीलाइ कारागार भित्र नै उपचारको व्यवस्था मिलाइउको उहाँको भनाइ छ । आइतबारबाट कैदी भेटघाट पूर्णरुपमा बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।
बन्दीलाई भेट्न जाने आफन्त र वकिललाई कारागारको गेटमै साबुन पानीले हात धोएर मात्र भित्र प्रवेश गर्न दिइरहेको कारागारका प्रहरी प्रमुख उदय शमशेर रानाले जानकारी दिनुभयो ।
कुनै पनि सामान बोकेर भित्र लान नदिइरहेको उहाँको भनाइ छ । कारागारमा हाल ७५ जना महिला, पाँच जना आश्रित र १हजार ७३ जना पुरुष गरी ११ सय ५३ जना कैदी रहेको जनाइएको छ ।











प्रतिक्रिया