आजको मौसम यस्तो


काठमाडौं ।

 

पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

देशको पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । अपरान्ह पश्चात देशका केहि स्थानहरुमा सामान्य बदली भइ मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

 

आज दिउँसो देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने अपरान्ह पश्चात देशका केहि स्थानहरुमा सामान्य बदली भइ मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै आज राती देशको पूर्वी र मध्य भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।