पुष्कर बुढाथोकी, भक्तपुर ।
नेपाल सरकारको अनुमतिबिना विभिन्न मुलुकबाट शनिबार स्वदेश फर्किएका ६२ नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याईएको छ ।
प्राणघातक कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकार लगाएको प्रतिबन्धविपरीत विदेशी एयरलाइन्स कम्पनीले बेकेर ल्याएका ५ महिलासहित ६३ नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा राखिएको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले जानकारी दिनुभयो ।
स्वदेश आएका ६३ नेपालीलाई विमानस्थलबाट दुइटा साझा बसले निशुल्क रुपमा खरिपाटी पुयाएका हुन् ।उनीहरु जापान, मलेसिया, भारतबाट एयर इन्डिया र थाइ एयरवेजको विमान चढी नेपाल आएका हुन्। अध्यागमन विभागले जनाएको छ ।
विभागका अनुसार थाई एयरवेजमा ४९ र एयर इण्डियामा १२ जना नेपाली आएका थिए । एयर इण्डियाको विमान बिहान ९ बजे र थाई एयरवेजको विमान दिउँसो साढे १२ बजे विमानस्थलमा ल्याण्ड भएको थियो ।
अनुमतिबिना नेपाल आएकाहरु अब १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । खरिपाटीमा नेपाली सेनाले हेल्थ डेक्स सुरु गरिसकेको छ ।












प्रतिक्रिया