प्रधानमन्त्री ओली ग्रान्डी अस्पतालमा


न्युज अफ नेपाल, काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओली नियमित नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्नु भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सोमबार बिहान धापासीस्थित ग्राण्डी अस्पताल पुग्नुभएको हो । प्रधानमन्त्री ओलीको स्वास्थ्यकै कारण आइतबार पार्टीको सचिवालय बैठक स्थगित भएको थियो ।

आइतबारकै पुर्व निर्धारित कार्यक्रममा पनि उहाँ सहभागी हुनु भएको थिएन । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनिएको आइतबारको पूर्व निर्धारित कार्यक्रम ‘सगरमाथा राष्ट्रिय संवाद’कार्यक्रममा पनि उहाँ सहभागी नभई उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्नुभएको थियो ।

आइतबारकै राष्ट्रिय योजना आयोगको हलमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको कार्यक्रममा प्रधानमन्त्री ओली करिब सात मिनेट बोलेर बाहिरिनुभएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।