पशुपति परिसरबाट ‘नमस्कार गरौं अभियान’ शुरु हुदै



ईश्वरराज ढकाल, काठमाडौं ।

पशुपतिक्षेत्र विकास कोषले भोली आइतबारबाट कोष परिसरमा नमस्कार अभियान संस्कार शुरु गर्ने भएको छ । कोषका पदाधिकारी, कर्मचारी र दर्शनाथीलाई नमस्कार संस्कृतिको शुरुवात गर्न लागिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो । हात मिलाउने, अंकमाल गरेकैकारण विश्वमा विभिन्न किसिमका डरलाग्दा सरुवा रोगको गम्भीर समस्या देखिएपछि कोषले ले आफैबाट नमस्कार संस्कार शुरु गर्न लागिएको उहाको भनाई थियो ।

उहाले भन्नुभयो–भोलीबाट कोषका कुनैपनि पदाधिकारी र कर्मचारीले कोहीसंग हात मिलाउदैनन, सबैले नमस्कार गरेर स्वागत गर्नेछन् । उहाले भन्नुभयो–नेपालीको नमस्कार संस्कार र संस्कृतिको विकास गर्न आराध्यदेव भगवान पशुपतिनाथको क्षेत्रबाट नमस्कार संस्कार शुरु गर्न लागेका हौ । कोषले कोष परिसरम, विभिन्न मठमन्दीर लगायतका दुई दर्जनभन्दा बढी स्थापनमा फ्लेक्स, ब्यानर राखेर प्रचार गर्ने भएको छ ।

नमस्कारनै नेपालीको संस्कार भएकोले भोलीबाट सबैले सधै नमस्कार गर्ने परम्पराको शुरुवात गर्न लागेका उहाको भनाई थियो । उहाले हात मिलाउने विदेशी संस्कारलाई अन्त्य गरी नेपाली संस्कृतिलाई बढावा दिन नमस्कार संस्कार शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्