मलाई आफ्नै मान्छेले फसाउन लागिपरेका छनः सभामुख सापकोटा



न्युज अफ नेपाल, सिन्धुपाल्चोक ।

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आफुलाई फसाउन आफ्नै मान्छेहरु लागिपरेको बताएका छन्।

गृह जिल्ला सिन्धुपाल्चोकमा शबानिर आयोजित बधार्इ कार्यक्रममा उनले मुलुकमा दक्षिणपन्थी हावी भएको बताउँदै आफुलाई फसाउन आफ्नै मान्छे लागिपरेको उनले बताए ।

उनले त्यस्ता शत्रहरुसँग आफैं लड्ने पनि प्रतिवद्धता व्यक्त गरे ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको कार्यक्रममा सभामुख सापकोटाले संसदमा धेरै विधेयक अलपत्र रहेको उल्लेख गर्दै त्यसलाई किनारा लगाउन लागिपर्ने बताए। ‘सभामुख पद साझा हो,’ उनले भने, ‘इमानदारिता र देशभक्तिका साथ लोकतान्त्रिक पद्दतिअनुसार काम गर्छु।’

प्रतिक्रिया दिनुहोस्