ललितानिवास जग्गा प्रकरणः अख्तियारले दायर गरेको ‘हाई प्रोफाइल’ मुद्धामा को–को मुछिए ? (सुचिसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा ‘हाई प्रोफाइल’ आरोपीविरुद्ध मुद्दा दायर गरेको छ ।

बुधबार विशेष अदालतमा अख्तियारले पुर्वमन्त्रीदेखि पुर्वसचिवसम्मका ‘हाई प्रोफाइल’ हरुसहित एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

विशेष अदालतका अनुसार अख्तियारको विशेष टोलीले ललितानिवास जग्गा हिनामिनासम्बन्धी मुद्दा दर्ता गरेको हो ।

अख्तियारले मुद्दा दायर गर्ने सूचीमा तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्वप्रमुख आयुक्त एवं तत्कालीन भौतिक पूर्वाधारसचिव दिपकुमार बन्स्यात, तत्कालीन भूमिसुधार मन्‍त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, तत्कालीन सचिव छवि पन्तलगायतका उच्च अधिकारी र कर्मचारी रहेका छन् । अनुसन्धान पुरा भएपछि बुधबार नै अख्तियारको टोली अदालत पुगेर अभियोगपत्र दर्ता गरेको हो ।

अख्तियारको मुद्धाको विस्तृत विवरण :

CIAA_Special Court

प्रतिक्रिया दिनुहोस्