नियत खराब

0
Shares

काठमाडौं, (नेस)।

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरण छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियत खराब देखिएको बताउनुभएको छ।

कांग्रेसको अवरोधका कारण बिहीबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद् भवन परिसरमा प्रतिक्रिया दिँदै उहाँले अख्तियारको छानबिन प्रक्रियाप्रति असन्तुष्टि जनाउनुभएको हो।

जग्गा फिर्ता गर्छु भनेकालाई मुद्दा नचलाइएको भन्ने सन्र्दभमा डा. भट्टराईले भन्नुभयो– ‘कसैले चोर्यो म फिर्ता गर्छु भनेर छाड्न हुन्छ?’अख्तियार दुरुपयोग आयोग गठन प्रक्रिया नै त्रुटिपूर्ण रहेको बताउँदै उहाँले कर्मचारीमध्येबाट भागबन्डामा मान्छे नियुक्त हुने गरेकाले निष्पक्ष ढंगले अनुसन्धान गरी मुद्दा चलाउन नसक्ने दाबी गर्नुभयो।

डा. भट्टराईले एउटै प्रकरणमा केही मान्छेले मुक्ति पाउने विषय जायज नभएको प्रतिक्रिया दिनुभयो।

Skip This