नेपाल आइपुगे भारतीय अभिनेता करणवीर बोहरा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

भारतीय टेलिभिजन कलाकार करणवीर बोहरा काठमाडौँ आइपुगेका छन् । बिना पासपोर्ट बिहीबार नेपाला आउन लागेका उनलाई एयर इण्डियाका कर्मचारीले दिल्ली विमानस्थलमै रोकेका थिए ।

शुक्रबार नेपाल आइपुगेका करणले त्रिभुवन विमानस्थलको सेल्फी पोइन्टमा तस्विर खिच्दै आफू नेपाल आइपुगेको ट्विट गरेका छन् । बिहीबार आधारकार्ड बोकेर नेपाल घुम्न जाने भन्दै निस्किका उनलाई दिल्ली विमानस्थलबाटै फर्काइएको थियो ।

भारत सरकारको नियम अनुसार आधार कार्डलाई भ्रमण कागजात मानिदैन । हवाईयात्राका लागि अनिवार्य पासपोर्ट हुनुपर्छ।