अग्नी फाउन्डेसनको सहयोगमा बाल तथा नवजात शिशु सघन कक्ष

0
Shares

काठमाडौं, (नेस)।

नेपालका लागि महिन्द्रा सवारी साधनका आधिकारिक बिक्रेता अग्नी ग्रुपअन्तर्गतको अग्नी फाउन्डेसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको बाल सघन उपचार कक्ष (पीसीआईसीयू) र नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू)को पुनर्निर्माण÷सुधारका लागि पूर्ण आर्थिक तथा अन्य सहयोग प्रदान गरेको छ।

त्रिवि शिक्षण अस्पतालस्थित बाल चिकित्सा विभागअन्तर्गत पीआईसीयू र एनआईसीयूको पुनर्निर्माण/सुधारको कार्य सम्पन्न भएपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटा, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अग्नी फाउन्डेसनकी संस्थापक एवम् अग्नी ग्रुपकी कार्यकारी निर्देशक सुुसन वैद्य श्रेष्ठले पुनर्निर्मित बाल चिकित्सा विभागको संयुक्त रूपमा उदघाटन गर्नुभयो।