भारतीय विद्यार्थी संख्या बढ्यो


लन्डन, (एजेन्सी)।

भारतबाट लन्डनका युनिभर्सिटीमा पढ्न जाने भारतीय विद्यार्थीको संख्यामा कीर्तिमानी बृद्धि भएको छ। बेलायतको राजधानीमा विदेशबाट पढ्न आउने विद्यार्थीमा चीन र अमेरिकापछि भारत तेस्रो स्थानमा पर्छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भिसा तथा आप्रवासी नीतिमा कडा नियम ल्याएपछि भारतीय छात्रछात्राले पढ्नका लागि बेलायतलाई आफ्नो गन्तव्य बनाएका छन्।

शिक्षा सम्बन्धी एक तथ्यांक एजेन्सीले जारी गरेको आँकडामा सन् २०१८–२०१९ मा भारतीय विद्यार्थी संख्यामा ३४ दशमलव ७ प्रतिशतले बृद्धि भएको छ। भारतपछि चौथोमा इटाली र फ्रान्स पाँचौं स्थानमा परेका छन्।