पुसमा साढे १३ लाख राजस्व संकलन

0
Shares

रसुवा, (नेस)।

लाङटाङ राष्ट्रिय निकुञ्जले पुस महिनामा पर्यटनबाट १३ लाख ६५ हजार रुपियाँसंकलन गरेको छ। निकुञ्जका रेन्जर रमेश बस्नेतका अनुसार पुस महिनामा नेपाली २६२ जना, सार्क मुलुकका ५ जना र अन्य देशका ४ सय ४४ पर्यटकले भ्रमण गरेका छन्।

यस्तै निकुञ्जभित्रका काठ दाउरा बिक्रीबाट ४६ हजार ५ सय, ढुंगाबाट ५ हजार ६ सय र अन्य राजस्वबाट ५० हजार ६ सय रुपियाँ संकलन भएको छ।