१२ बैंक नेप्सेको ‘क’ वर्गमा

0
Shares

काठमाडौं, (नेस)।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मा सूचीकृत कम्पनीको वर्गीकरण सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक गरेको ‘क’ वर्गका कम्पनीहरूको सूचीमा १२ वटा वाणिज्य बैंकहरूमात्रै परेका छन्।

हाल २७ वटा वाणिज्य बैंक सञ्चालनमा रहेका छन्। ‘क’ वर्गका कम्पनीहरूको सूचीमा बैंक अफ काठमाडौं, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माछापुच्छ«े बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया बैंक, एनएमबि बैंक, सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक परेका छन्।

धितोपत्र सूचीकरण नियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत कम्पनीको वर्गीकरणमा चित्त नबुझे ३५ दिनभित्र दाबी गर्नुपर्ने नेप्सेले जनाएको छ।

धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार वर्ग ‘क’ मा रहने संगठित संस्थाको कम्तीमा एक अर्ब चुक्ता पुँजी भई सञ्चालन भएको तीन वर्ष पूरा भएको, तीन वर्षदेखि नाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ प्राप्त गरेको, नियमक निकायले तोकेको ढाँचामा वित्तीय विवरण राखेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरेको, नेप्सेमा सूचीकृत भएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने मापदण्ड रहेका छन्।