नयाँदिल्ली, (एजेन्सी)।
भारत सरकारले राष्ट्रिय ध्वजाबाहक विमान सेवा एयर इन्डियाको नाजुक अवस्थालाई ध्यानमा राख्दै कम्पनीको सम्पूर्ण शेयर बिक्री गर्ने योजना सोमबार अघि सारेको छ।
भारतको आर्थिक मन्दीसँगै राजश्व संकलन पनि प्रभावित भएको जनाउँदै भन्दै कम्पनीमा थप पूँजी लगानी नगर्ने नसकिने भारत सरकारको धारणा रहेको छ। सरकारले गत वर्ष नै कम्पनीको आंशिक शेयर बिक्री गर्ने योजना सार्वजनिक गरेको थियो।
तर कुनै पनि समूहले कम्पनी खरिद गर्न इच्छा देखाएको थिएन। तर यसपटक सरकारले सम्पूर्ण शेयर बिक्री गर्ने योजना अघि सारेको हो।











प्रतिक्रिया