एनसेलको टावरमा विप्लवको आक्रमण

0
Shares

सर्लाही, (नेस)।

लालबन्दी नगरपालिका १६ परवानीपुरमा रहेको एनसेल मोबाइलको टावरमा गए राति आगजनी भएको छ। टावरमा आगजनी भएपछि त्यस क्षेत्रको मोबाइल सेवा रातिबाट अवरूद्ध भएको स्थानीयले जानकारी दिएका छन।

विस्फोटबाट सोलार प्यानल ,यूपीएस, ब्याट्री तार र टावरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो।

टावरमा विप्लव समूहले बम विष्फोट गराएको हुन सक्ने आशंकामा सर्लाही प्रहरीले सुरक्षा सतर्कता बढाएको छ। राति ठूलो आवजमा टावरमा विष्फोट भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।