बस दुर्घटनामा एकको मृत्यु

0
Shares

विराटनगर, (नेस)।

विराटनगरमा रहेको लर्डबुद्ध कलेजको बस दुर्घटना हुँदा सहचालकको मृत्युु भएको छ।रंगेलीबाट विद्यार्थी बोकेर विराटनगर आएको मे १ ख १४९० नम्बरको बस आज बिहान साढे ६ बजे रामचोकमा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका विराटनगर १५ का ३२ वर्षीय बसका सहचालक सानु साहको उपचारको क्रममा विराटनगरस्थित न्युरो हस्पिटलमा मृत्यु भएको हो।दुर्घटनामा ६ जना विद्यार्थी घाइते भएका छन्।

घाइते हुनेमा धनपालथान गाउँपालिका ४ बस्नेसुस्मा राजवंशी, दीक्षा श्रेष्ठ, धनपालथान ७ बस्ने रन्जीता मण्डल, धनपालथान ६ बस्ने निकिताकुमारी राय, रंगेली नगरपालिका ४ की नुना गौतम र रंगेली २ बस्ने स्वस्तीका कटुवाल रहेका छन्।

उनीहरूको विराटनगरस्थित न्युरो हस्पिटलमा उपचार भइरहेकोे छ। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार बाक्लो हुस्सुका कारण अनियन्त्रित भई बस दुर्घटना भएको देखिन्छ।