राजीनामा घोषणा


किभ, (एजेन्सी)।

युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन्चारुकले शुक्रबार पदबाट राजीनामा दिने घोषणा गरेको स्थानीय सञ्चार माध्यमले जनाएको छ। आफूले राष्ट्रपति भोलोदोम्यर जेलेन्स्कीको आलोचना गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि उनी पदबाटै राजीनामा दिने मनस्थितिमा पुगेका हुन्।

उनले अडियोमा आर्थिक विषयलाई लिएर राष्ट्रपतिको आलोचना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। ३५ वर्र्षीय प्रधानमन्त्री ओलेक्सीले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्– ‘हामीबीच विवाद थियो, त्यसैले थप बहस नहोस् भन्ने उद्देश्यले राष्ट्रपतिप्रतिको विश्वास र सम्मानका लागि मैले राजीनामा दिने घोषणा गरेको हुँ।’