कन्हैयाप्रति मोदी चिन्तित



नयाँदिल्ली, (एजेन्सी)।

भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका पुर्व छात्रसंघका अध्यक्ष तथा युवा नेता कन्हैया कुमारको लोकप्रियताले प्रधानमन्त्री नरेन्द्र मोदी चिन्तित भएको एक समाचार एजेन्सीले जनाएको छ।

प्रधानमन्त्री मोदीका एक निकटलाई उदृत गर्दै युवा तथा पहिलो पटक भोट खसाल्न गइरहेका मतदाताबीच कन्हैया कुमार लोकप्रिय हुनुले मोदी सरकार चिन्तित रहेको रोयटर्सले जनाएको छ।

उक्त जानकारी दिने ब्यक्तीको नाम भने खुलाइएको छैन। केन्द्र सरकार कन्हैया कुमारको ब्यक्तिगत जीवन र उनले पाइरहेका आर्थिक सहयोगमा पनि नजिकबाट निगरानी गरिहेको रोयटर्सले बताए।

प्रतिक्रिया दिनुहोस्