निर्वाचन घोषणा



डब्लिन, (एजेन्सी)।

आयरल्याण्डका प्रधानमन्त्री लिओ वारादकारले आमनिर्वाचनको लागि आव्हान गरेका छन्। उनले आगामी ८ फेब्रुअरी को दिन निवार्चन तोकेको आइरिस संचार माध्यमले जनाएको छ। प्रधानमन्त्री वारादकारले आमनिर्वाचन तिथिबारे मितिका मन्त्रीपरिषद्लाई पनि औपचारिक जानकारी गराईसकेका छन्।

उनले निर्वाचन आव्हान गर्दै निर्वाचनको तिथि घोषणा गर्न तथा निर्वाचनका लागि तल्लो सदन विघटन गर्न राष्ट्रपति मिचेल डी हिग्गीन्ससँग पनि परामर्श गरिसकेको सरकारी वक्तव्यमा जनाइएको छ। दुवै जनाको परामर्शका आधारमा मंगरबार राति राष्ट्रपति हिग्गीन्सले संसद विघटन गर्ने घोषणामा हस्ताक्षर पनि गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्