ट्रम्पको प्रस्ताव अस्विकार


तेहरान, (एजेन्सी)।

इरानी राष्ट्रपति हसन रुहानीले परमाणु विवाद सल्टाउने उद्देश्य आएको नयाँ ‘ट्रम्प डिल‘को प्रस्ताव अस्विकार गरेकोे छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँधै प्रतिबद्धता तोड्नमा माहिर रहेकोमा आलोचना गर्दै उक्त प्रस्ताव अनौथो भएको उनले बताए।

ट्रम्पलार्ई महान सहमतिकर्ताका रुपमा प्रशंशा गर्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले तेहरानलाई परमाणु हतियार हात पर्न नदिने सुनिश्चित गर्नु पर्ने बताए।

साथै प्रमुख शक्ति राष्ट्रहरुसँग सन् २०१५ मा भएको इरानको परमाणु सम्झोतालाई उनको नयाँ सम्झौताबाट प्रतिस्थापन गर्न इरानी राष्ट्रपतिलाई उनले आह्वान गरेका थिए।