२ सय २४ ग्राम खैरो हेरोइनसहित दुई पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

२ सय २४ ग्राम खैरो हेरोइन लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वरका आशिष थापा र झापा कमल गाउँपालिका ५ का ऋतुहाङ लावती रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार पक्राउ गरेको हो । पहिले पक्राउ परेका थापालाई तीन ग्राम हेरोइनसहित प्रहरीले फेला पारेको थियो । अनुसन्धान पछि प्रहरीले लावतीलाई महाङ्कालबाट पाँच ग्राम हेरोइनसहित पक्राउ गरेको हो ।

पक्राउ परेका लावतीको कोठा तलासी लिँदा थप २ सय १६ ग्राम हेरोइन फेला परेको ब्युरोले जनाएको छ।

पक्राउ परेका दुबै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान थालिएको ब्युरोले जनायो ।