रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ घाइते, तीनको अवस्था गम्भीर

0
Shares

मनिषा केसी, रुकुम पश्चिम ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । डोल्पाको खदाङबाट रुकुम पश्चिमको गोतामकोटतर्फ आईरहेको ग १ ज ५२०१ नम्बरको जिप आठविसकोट नगरपालिका –६ मन्कामगरमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाईते भएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । डोल्पाको मुड्केचुला गाउँपालिका –७ का २३ वर्षीय राज बुढा, १८ वर्षीय आर्यन बुढा र डोल्पा ठूलीभेरी नगरपालिका– ५ का ५२ वर्षीय चन्द्रबहादुर रोकाय गम्भीर घाईते भएका छन् । जिपमा १३ जना यात्रु रहेको प्रहरीले जनाएको छ । मनकाबगरमा ब्रेक फेल भई दुर्घटना हुँदा जिप सडकभन्दा ७० मिटर तल रहेको ठूलीभेरी नदीको किनारमा परेको थियो ।

घाईते सबैजनालाई उपचारका लागि आठबीसकोट नगर अस्पतालमा ल्याइएको निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कविराज रोकायले बताउनुभयो । गाडी चालक तिलक बिक भने फरार रहेको बताइएको छ ।