सुभेन्द्र दास, लहान ।
सिरहामा एक बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका १२ ठटिया बस्ने २३ वर्षीय राकेश यादव छन् ।
एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा यादबलाई ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यादबमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।











प्रतिक्रिया