करिब दुई लाख नगदसहित ५ जुवाडे पक्राउ

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिका १४ ताल्सिखेल बस्ने चन्द्र बहादुर देवाङको टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका २३ बस्ने ४९ वर्षीय चन्द्र कुमार देवाङ समेत ५ जनालाई नगद १ लाख ८० हजार ८ सय रुपैयाँ र ३ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस विषयमा आवश्यक अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।