अवैध लागूऔषधसहित २ पक्राउ

0
Shares

न्युज अफ नेपाल, बर्दिया ।

गुलरिया नगरपालिका ८ स्थित पशुहाटबजार नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगरसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गुलरिया नगरपालिका ८ गंगानगर टोल बस्ने २८ वर्षीय सनी महर्जन र २७ वर्षीय सुरेन्द्र कुमार चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भे २ प ४०६२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई करिब २ ग्राम ८ सय मिलि ग्राम परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस विषयमा आवश्यक अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।