मकवानपुरमा ६० विघा गाँजा र ५० विघा अफिम नष्ट

94
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरको उत्तरपश्चिममा अवस्थित बिकट राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा लगाइएको गाँजा तथा अफिम खेती फँडानी गरिएको छ ।

दोस्रो चरण कार्यअन्तर्गत् छैटौं टोलीले पुस ६ गतेदेखि २० गतेसम्म अवैध लाऔ गाँजा तथा अफिम खेती नष्ट गर्न प्रहरी निरीक्षक सुजन पाठकको कमाण्डमा ७८ जनाको टोली खटिएर गाँजा ६० विघा १० कठ्ठा र अफिम ५० विघा ६ कठ्ठा फँडानी गरेको हो ।

राक्सिराङ गापा–४ को ज्यामुङ र डन्डुटार, राक्सिराङ गापा–१ को सानोभावर सुनारी, सौराहा, गापा–४ को देवीटार, वडा–५ को रानीवाङ, गापा–६ को माकदमार, वडा–१ को ठुलोभावर, वडा–२ को सिम्किम र बटार, वडा–४ को विभिन्न एरियामा लगाइएका गाँजा तथा अफिम फँडानी गरिएको प्रहरीले जनाएको छ ।