३८ बोरा अवैध छोकडा बरामद

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

मंगलबार राति करिब १० बजे विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय बारा तथा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको संयुक्त प्रहरी टोलीले अवैध छोकडा बरामद गरेको छ ।

बाराको सिम्रौनगढ नगरपालिका–२, श्रीनगर बैरियास्थित खानेपानी ट्यांकीको प्रांगणमा भारततर्फ निकासीका लागि लुकाइराखेको छोकडा बरामद गरिएको प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।

करिब ३ लाख ८० हजार मूल्य बराबरको ३८ बोरा (१९ क्वीण्टल) छोहडा बेवारिस अवस्थामा फेला पारी बरामदपछि आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बीरगञ्ज पठाइएको उहाँले बताउनुभयो ।